आज बसेको प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव बहुमतले पारित गरेको छ। आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन हुने भनिएको उक्त प्रस्तावमा बहुमतले पारित भएको हो।
साेही क्रममा प्रतिनिधिसभाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ। उक्त महाअभियोग सिफारिस समितिमा एमालेबाट ४, कांग्रेसबाट २ जना, माओवादी केन्द्रबाट २ जना, नेकपा एसबाट १ जना, लोसपा र जसपाबाट १/१ जना परेका छन्।
एमालेको सहभागिताबिना बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्नि सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव लगेका हुन्।
फागुन १ गते सत्तारुढ गठबन्धनका ९८ सांसदले जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए।
सूची हेर्नुहाेस्ः
एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह
प्रकाशित: २२ फाल्गुन २०७८ ०८:३३ आइतबार