राजनीति

संसद अवरोध अन्त्य गर्न एमालेलाई गठबन्धनको आग्रह

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई गठबन्धनले संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ।

चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको भन्दै संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको हो। 

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै एमालेलाई उक्त आग्रह गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

प्रकाशित: १९ फाल्गुन २०७८ ०६:१७ बिहीबार