राजनीति

प्रचण्डको डरका कारण एमसिसी पासः विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसिसी पास गरेको आरोप लगाएका छन्।

भक्तपुरको न्हुः पुखु (रानीपोखरी) को मंगलबार उदघाट्न गर्दै बिजुक्छेंले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसिसी पास भएको बताए।

जनताको इच्छाविपरीत संसद्ले राति बहुमतले एमसिसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए।

एमसिसी नेपाल र नेपालीका लागि घातक हुने उनको भनाइ थियो। नेपालका पार्टीहरूले देशको हितविपरीत एमसिसी पास गरेर जनलाई धोका दिएको पनि उनले बताए।

प्रकाशित: १८ फाल्गुन २०७८ ०१:२२ बुधबार

नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छें