राजनीति

प्रधानमन्त्री देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलबार साँझ ६:३० बजे उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा उनीहरूबीच एमसीसी र वर्तमान राजनीति विषयमा छलफल हुने ओलीको सचिवालयले जनाएको छ। 

ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा छलफल हुनेछ।

प्रकाशित: १० फाल्गुन २०७८ १३:५० मंगलबार

शेरबहादुर देउवा अध्यक्ष केपी शर्मा