सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक काईरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताए।
सांसद कोईरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे। सांसद कोईरालाले अमेरिकाले सदन एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गरे।
प्रकाशित: ६ फाल्गुन २०७८ ०९:३२ शुक्रबार