राजनीति

एमसीसी नेपालको आन्तरिक राजनीतिमा किचलो गर्न ल्याइएको हो: रामकुमारी झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छिन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन्।

उनले एमसीसी जस्ता विषयहरु नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन्। उनले सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताइन्। मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरुबाट सरकार टाढा रहनु उचित हुने पनि बताइन्।

प्रकाशित: ६ फाल्गुन २०७८ ०८:५२ शुक्रबार

शहरी विकास मन्त्री रामकुमारी झाँक्री सत्ता गठबन्धन राजनीतिक मन्त्रिपरिषद् एमसीसी