राजनीति

प्रतिनिधि सभाको बैठक सुरु, एमालेको विरोध कायम

फाइलतस्बिर

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अवरोध गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन्।

उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, आफ्ना माग पूरा गर्नुपर्ने लगायत नारा लगाएका छन्।

प्रकाशित: ४ फाल्गुन २०७८ ०७:५१ बुधबार