अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा संसदमा एमसीसी टेबल नगर्ने सहमति सहमति भएको बताईएको छ।
भोलि ३ बजे गठबन्धन नेकाताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०७८ ०६:५२ बुधबार