राजनीति

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरू भएकाे हाे।

कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाको विषयमा जानकारी गराउँदै संसदमा खेल्ने भूमिकाबारे निर्देशन दिने नेपाली कांग्रेसले जनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो। 

आइतबार कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

प्रकाशित: ३ फाल्गुन २०७८ ०५:५७ मंगलबार