राजनीति

सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। सभामुख सापकोटाको सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्दै छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन्।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ।

प्रकाशित: २ फाल्गुन २०७८ ०४:२५ सोमबार