राजनीति

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाको सचिवालयका अनुसार भोलि दिउँसो २ बजे बैठक बोलाइएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन्। 

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ।

प्रकाशित: १ फाल्गुन २०७८ ०८:१४ आइतबार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा