माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।
नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका १४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट भदौ १७ गते दायर रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको थियो ।
उक्त रिट निवेदनको आज पेशी तोकिएको हो। रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधवकुमार नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।
प्रकाशित: १ फाल्गुन २०७८ ०६:२४ आइतबार