राजनीति

प्रधानमन्त्री देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्वसभापति तथा पूर्व सांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्। दाहालको ८१ वर्षको उमेरमा यही माघ २६ गते राति निधन भएको हो।

सभापति देउवाले बिहीबार शोक सन्देश मार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन्। स्व. दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ।

प्रकाशित: २८ माघ २०७८ ०१:५१ शुक्रबार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पूर्व सांसद चन्द्रकान्त दाहाल धर्मपत्नी कुन्तादेवी दाहाल नेपालको लोकतान्त्रिक आन्दोलन