राजनीति

प्रतिनिधिसभा बैठक फागुन २ गते

प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ। यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन्।

प्रकाशित: २६ माघ २०७८ ००:५६ बुधबार

प्रतिनिधिसभा सङ्घीय संसद् सचिवालय