राजनीति

कर्णालीमा पाँच जना मन्त्रीले सपथ लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ३ महिनापछि आज साँझ पूर्ण रुपमा मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ। आज साँझ ७ बजे प्रदेश प्रमुखको कार्यालयमा पाँच जना मन्त्रीले सपथ ग्रहण कार्यक्रम तय भएसंगै कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको हो।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार आज साँझ मन्त्री हुनेहरुमा नेपाली काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिमबहादुर शाही माओवादी केन्द्रबाट जनश्रोत तथा उर्जा विकास मन्त्रीमा गणेशबहादुर सिंह, छिरिङ डम्डोल लामा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा पदम रोकायाले आज साँझ सपथ खाँदैछन्।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरि तयारी गरेको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ।

प्रकाशित: २३ माघ २०७८ १३:०३ आइतबार