राजनीति

राप्रपामा थपियो पदाधिकारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई/दुई उपाध्यक्ष र महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन्। अधयक्ष लिङ्देनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्रीमा मनोनित गरेका हुन्।

भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका छन्।

मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री र रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई सहायक महामन्त्रीमा मनोनित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। यससँगै राप्रपामा पदाधिकारी संख्या ३१ पुगेको छ।

प्रकाशित: १७ माघ २०७८ ०६:४० सोमबार