राजनीति

सत्तारुढ दलहरुको बैठक अपरान्ह चार बजे बस्ने

फाइल तस्बिर

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। अनौपचारिक जानकारी अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।

स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ।

प्रकाशित: १५ माघ २०७८ ०७:२८ शनिबार