राजनीति

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनः गठबन्धनका २ एमालेका एक उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरूमा गठबन्धनका गोपालबहादुर बस्नेत र जयन्ती राई छिन्।

गठबन्धनका उम्मेदवार गोपालबहादुर बस्नेत र एमालेका उम्मेदवार गुरु बरालले बराबरी मतभार प्राप्त गरेपछि गोलाप्रणालीबाट निर्णय गरिएको थियो। दुबैले ४ हजार ४ सय ८८ मतभार प्राप्त गरेका थिए । गठबन्धतर्फकी जयन्ती राईले ४ हजार ६ सय ९२ मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् ।  यस्तै

नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । शेर्पा ४ हजार ७ सय ५२ मतभारसहित निर्वाचित भए। उनको निकटतम प्रतिद्वन्द्वी जनतासमाजवादी पार्टीका हेमराज राईले ४ हजार ३ सय ६८ मत भार प्राप्त गरे ।  

बुधबार विहान ९ बजेदेखि ३ बजेसम्म विराटनगरमा भएको निर्वाचनमा स्थानिय तहका २ सय ७२ मध्ये २ सय ७० र  ९२ जना प्रदेशसभा सदस्य मध्ये ९१ जनाले मतदान गरेका थिए। राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरि कुल ३ सय ६४ मतदाता छन्।

प्रदेश १ मा विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयको प्राङ्गनमा मतदान भएको थियो।

प्रकाशित: १२ माघ २०७८ १३:४६ बुधबार