राजनीति

तीन बजे मन्त्रिपरिषद बैठक बस्दै

फाइल तस्बिर

अहिले ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाँझिएका सबै कानून संशोधन गर्नु पर्ने भन्दै आएको कानूनी व्यवसायीहरुको सुझावका विषयमा छलफल हुने स्रोतले बतााएको छ।  

आइतबार कानुनविद्हरुसँग सत्तारुढ पाँच दलको बैठकमा कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाँझिएका सबै कानून संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका थिए।

प्रकाशित: १० माघ २०७८ ०९:०७ सोमबार