राजनीति

पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता खारेज गर्न सिफारिस

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानविन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता गैर कानूनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ।

अहिले बतास समूहले धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ। नारायणहिटी प्रकरणपछि बतास समूहले भाडामा लिएको धर्मशालाको विवाद चर्किएको थियो।

प्रकाशित: ३ माघ २०७८ ११:५४ सोमबार