राजनीति

एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि मतदान सुरु

नेकपा एमाले ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि केहिबेर अघिबाट मतदान सुरु भएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि पनि केहिबेर आन्तरिक सहमतिको प्रयास गरिएपनि अन्ततःनिर्वाचन सुरु भएको हो। मतदाताहरु मत खसाल्न लाइनमा उभिएका छन्। 

प्रमुख निर्वाचन अधिकृत देवराज मेन्याङ्वोले निर्वाचन सुरु भएको जानकारी दिए। ५ पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्धय बलबहादुर साम्सोहाङ र भूपेन्द्र थेबे पक्षका ५–५ जना गरी १० जना मैदानमा छन्। 

प्रत्येक वडाका १–१ जनाको दरले भूगोलबाट आउने ६१ जना जिल्ला कमिटी सदस्य मध्ये फुुङ्लिङ नगरपालिकाको वडा नं ३ र आठराइ त्रिबेणी गाउँपालिकाको वडा नं १ र ५ बाट बाहेक ५८ वटा वडाबाट जिल्ला कमिटी सदस्य निर्वीरोध भइसकेका छन्। 

यद्यपी निर्वाचन समितिले भने अहिले सम्म घोषणा गरेको छैन। ६ महिला खुल्ला सदस्यका लागि ९,३ दलित सदस्यका लागि ६ र १३ खुल्ला सदस्यका लागि २६ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित: २६ पुस २०७८ ०८:१४ सोमबार