राजनीति

एमाले अधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन नहुँदै बाहिरिए दुई समूहका ‘लिष्ट’

उम्मेदवारको अन्तिम नामावली प्रकाशन नहुँदै ताप्लेजुङ एमालेको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्ने दुई समूहका उम्मेदवारहरुको नामावली बाहिर आएको छ। अध्यक्षका प्रत्यासीद्वय बलहादुर साम्सोहाङ र भूपेन्द्र थेबेको समूहका प्रतिश्पर्धीहरुको नामावली बाहिरिएको हो।

आठराई त्रिवेणी र फुङ्लिङ नगरपालिकाका केही वडाबाट बाहेक अन्यत्रबाट जिल्ला कमिटीमा पुग्ने सदस्यहरु निर्विरोध हुने स्थिति देखिए पनि पदाधिकारी तथा खुल्ला सदस्यमा भने एमाले ताप्लेजुङमा निर्वाचन हुने भएको छ। तर निर्वाचन समितिले आधिकारिक केही भनेको छैन। ७ स्थानीय तहको भूगोलका वडाबाट कम्तिमा ३३ प्रतिशत महिलासहित आउने सदस्यहरुमा दोहोरो उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ। तर फुङ्लिङका र आठराई त्रिवेणीका केही वडाबाट आउने जिल्ला कमिटी सदस्यमा भने दोहोरो उम्मेदवारी परेको छ।

एमाले ताप्लेजुङले कम्तिमा प्रत्येक वडाबाट १ जनाले दरले आउने गरी ६१ वटाबाट ६१ जना जिल्ला कमिटी सदस्य बन्ने र बाँकी १३ जना खुल्लाबाट १३,दलितबाट ५ र महिलाबाट ६ जना जिल्ला कमिटीमा जाने गरी प्रावधान गरेको छ। ५ जना पदाधिकारी सहित एमाले ताप्लेजुङमा ९० जना निर्वाचित हुने छन्। ६१ मा पनि कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको प्रावधान राखिएको छ।

प्रकाशित: २५ पुस २०७८ १५:१३ आइतबार

एमाले अधिवेशन