राजनीति

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने

सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सो निर्णय गरेको हो।

कोभिड १९ को संक्रमण तीब्र बनेको भन्दै सरकारले उक्त निर्णय गरेको हो। बैठकले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न र नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित: २५ पुस २०७८ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App