मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
आईतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने गर्ने विश्वास व्यक्त गरेका हुन्। उनले मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको समुदाय भएको पनि स्मरण गराए।
अध्यक्ष अन्सारीले संविधानमा सबै वर्गको आरक्षणको व्यवस्था गरिए सो अनुसार काम हुन नसकेको बताए।
प्रकाशित: २५ पुस २०७८ १२:३४ आइतबार