राजनीति

एक दिन ढिला गरी सुरु भयो एमाले ताप्लेजुङको निर्वाचन कार्यक्रम

पदाधिकारीमा थेबे पक्षमा उम्मेदवार टुङ्गिए

शनिबारै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि प्रतिनिधिको नाम व्यवस्थापनमा भएको कठिनाइका कारण नेकपा एमाले ताप्लेजुङको ११ जिल्ला अधिवेशन अन्तर्गत केहीबेरअघि मात्र मतदाता नामावली सार्वजनिक भएको छ।

सामुदायिक भवन सिटी हलमा जारी अधिवेशन अन्तर्गत ६ सय ५७ जना मतदाताको नाम प्रकाशित भएको हो। योसंगै निर्वाचन कार्यक्रम सुरु भएको छ। एमालेले शनिबारै निर्वाचन कार्यक्रम गर्ने तयारी गरेको थियो। ९ स्थानीय तह र ६१ वटा वडा रहेको ताप्लेजुङमा एमालेले जिल्ला कमिटीमा कम्तीमा प्रत्येक वडाबाट १ जना सदस्य अटाउने गरी तयारी गरेको छ। यसो गर्दा कम्तीमा ३३ प्रतिशत महिला सहभागितालाई समेत वडाबाटै समेट्नुपर्ने हुन्छ। ५ पदाधिकारी सहित बढीमा ९० सदस्यीय जिल्ला कमिटी गठन हुने एमाले विधानको व्यवस्था रहेको छ।

पदाधिकारीमा थेबेतर्फको प्यानल टुङ्गियो

अहिलेसम्म जिल्ला कमिटी संयोजक रहेका बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेबेले आआफ्नै समूह बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्।

थेबे समूहले भने पदाधिकारीमा उम्मेदवारी दिनेहरूको टुङ्गो लगाएको छ। यो समूहबाट अध्यक्षमा थेबे, उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू(दीपेन) र लिलाचक्र गुरुङ उम्मेदवार बन्ने सहमति बनेको पोमूले जानकारी दिए।

प्रकाशित: २५ पुस २०७८ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App