राजनीति

माओवादीको महासचिवमा अनन्त र प्रभाकरको दाबेदारी, सहमतिको प्रयास जारी

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको बताएका छन्।

गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि जानकारी दिए। गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन भन्दा सहमतिमै चयन गर्नुपर्ने बताए।

प्रकाशित: २१ पुस २०७८ ०८:२७ बुधबार

नेकपा (माओवादी केन्द्र)