राजनीति

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा ८ जनाको उमेदवारी

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा उमेदवारी दर्ता गर्न जाँदै सत्तारुढ गठबन्धनमा आबद्ध दलका उमेदवारहरू। तस्बिरः विनोद/नागरिक

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाले आठ जनाको उमेदवारी दर्ता गराएका छन्।  

सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट  झापाका अमर विष्ट र रञ्जु प्याकुरेलले उम्मेदवारी दर्ता गराएकी छिन्। राप्रपाले अपाङ्गता तथा अल्पसंख्यक तर्फ भने उम्मेदवारी दिएको छैन। 

चार वर्षे कार्यअवधि पुरा गरी रिक्त हुने राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुदैछ। प्रदेश १ मा  अन्य १ , महिला १  र अपाङ्ग अल्पसंख्यक १ गरि ३ सिटका लागि निर्वाचन हुन लागेको हो।

प्रकाशित: २० पुस २०७८ १०:३९ मंगलबार