राजनीति

काँग्रेसद्वारा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार चयन

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारमा मनोनयन गरेको हो।

चयन भएका उम्मेदवारहरुमा प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।

प्रकाशित: १९ पुस २०७८ १०:४४ सोमबार

नेपाली कांग्रेस