राजनीति

काँग्रेसीले काँग्रेसीलाई नै हराउने कार्यको अन्त गर्नुपर्छः सह–महामन्त्री मंसुर

नेपाली काँग्रेसका सह–महामन्त्री फरमुल्लाह मंसुरले निर्वाचनमा काँग्रेस पार्टीका उम्मेदवरलाई पार्टीकै अन्य कार्यकर्ताहरुले अन्तरघात गरेर हराउने कार्यको अन्त गरिनु पर्ने बताएका छन्।

नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा देउवा प्यानलबाट सह–महामन्त्रीमा बिजयी भएका मंसुरले बाराको बिभिन्न स्थानमा आयोजना गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काँग्रेस पार्टीमा अन्तघाट गर्ने कार्यको अन्त नगरिए तिनै तहको निर्वाचन जित्न नसकिने बताए। ‘पार्टीको आपसी चुनावमा कोही जित्नु भएको छ, भने कोही पराजित हुने भएको छ,’ सह–महामन्त्री मंसुरले भने, ‘यो पार्टीको आन्तरिक चुनाव भएकोले यसको रिस बिर्सेर पार्टीलाई बलियो बनाउन तर्फ सबै मिलेर लाग्नु पर्छ।’

पुस १६ गते बिपिले मेलमिलापको निति अघि सारेर नेपाललाई बचाई राख्न देशमा भएको सबै शक्ति एक रहनु पर्ने सन्देश दिएको कारणले नेपाल अहिले स्वतन्त्र राष्ट्र बचेको र त्यसै गरि आउने तिनै तहको निर्वाचनमा काँग्रेसीहरुले आपसी मेलमिलाप गरेर अगाडी बढ्दा अन्य पार्टीलाई पराजित गरेर काँग्रेस एक नम्बर पार्टी बन्ने  मंसुरले बताए।

पुस २७ गते हुने काँग्रेसको जिल्ला अधिबेशनमा नेपाली काँग्रेस बारालाई हाँक्न सकिने व्यक्तिलाई नै सबैको सल्लाह अनुसार सभापति बनाउने कार्यमा मेरो भूमिका रहने र सहमति गरेर नै राम्रो र योग्य उम्मेदवारलाई पार्टी सभापति बनाउनको लागि आफूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराएर बारा आएको मंसुरले बताए।

प्रकाशित: १६ पुस २०७८ १३:१७ शुक्रबार

नेपाली कांग्रेस