राजनीति

न्यूनत्तम साझा कार्यक्रम सार्वजनिकः चैत मसान्तभित्र सबै नागरिकलाई खोप

प्रदेश सरकारले न्यूनत्तम साझा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले न्यूनत्तम साझा कार्यक्रम सार्वजनिक गरेको हो।

न्यूनत्तम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कोभिड–१९ को खोप लगाउन बाँकी नागरिकहरूलाई आगामी चैत्र मसान्तभित्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी दिए। उनले भने, ‘आगामी चैत मसान्तभित्र प्रदेश १ का खोप लगाउन बाँकी सबै नागरिकलाई खोप उपलब्ध गराई खोप अभियान पूरा गर्नेछौं।’

सार्वजनिक गरिएको कार्यक्रममा  प्रदेश १ को नामाकरणलाई उच्च प्राथमिकता दिने, सरकारका भौतिक संरचना निर्माण गर्ने, राष्ट्रसेवकहरुको परिणाममुखी परिचालनको निमित्त पुरस्कार र दण्डको  नीति अवलम्बन गर्ने, प्रदेश सरकारबाट सञ्चालित परियोजनाहरूको मूल्याङ्कन, अनुगमन गर्न उच्च स्तरीय संयन्त्रलाई परिचालन गर्ने विषय समेटिएको छ।

यस्तै कृषिमा तुलनात्मक लाभको क्षेत्रमा लगानी आकर्षित गर्ने,  जैविक कृषिलाई प्रोत्साहन गर्ने, प्राकृतिक प्रकोप (बाढी, पहिरो, आगलागी, डुबान लगायत) मा परेका नागरिकहरूको तत्काल उद्धार, राहत र पुनस्थापन प्रणालीको विकास गर्ने, प्रदेश १ मा उत्पादित बस्तु तथा सेवा आदिको प्रवर्धनलाई प्राथमिकता दिने न्यूनतम साझा कार्यक्रममा समेटिएको छ।  

प्रकाशित: १० पुस २०७८ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App