राजनीति

नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व छान्न मतदान जारी

जनकपुरधामको गोपाल धर्मशालामा जारी नेपाली कांग्रेको प्रथम अधिवेशनको निर्वाचन शत्र। तस्बि: मिथिलेश/नागरिकक

बुधबार स्थगित भएको नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत मतदान बिहीबार बिहानबाट सुरु भएको छ। नेतृत्व चयनका लागि बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ सम्म चल्नेछ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये पाँच जना सदस्य बुद्यबानर निर्विरोध चयन भइसकेका छन्। बाँकी ६७ पदका लागि मतदान भइरहेको छ। अधिवेशनमा प्रदेश २ का आठ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी रहेको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।  

मतदानका विषयमा सभापतिका उम्मेदवारद्वय कृष्ण यादव र रामसरोज यादव पक्षबीच बुधबार झडप भएको थियो। त्यसपछि निर्वाचन समितिले मतपत्र छपाई भएर नआएको बताउँदै मतदान स्थगित गरेको थियो।

प्रदेशको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट कृष्ण यादव र संस्थापनइतर (विमलेन्द्र निधि) पक्षबाट नेपाली कांग्रेस प्रदेश २ संस्दीय दलका नेता एवं भौतिक पूर्वाधार विका मन्त्री रामसरोज यादव प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन। रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको बताइएको छ।  

अर्का उम्मेदबार कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन्। रामसरोज निधि र शेखर कोइरा पक्षका संयुक्त उम्मेदवार रहेकाले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।  

कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादव उम्मेदवार छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ उम्मेदवार छन्। सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवार छन्।  

अर्का सभापति उम्मेदबार रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल उम्मेदबार छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवार छन्। सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेतले रामसरोजको प्यानलबाट उम्मेदवार छन्।

प्रकाशित: ८ पुस २०७८ ०५:२४ बिहीबार