राजनीति

वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गर्‍योः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताएका छन्।

सोमबार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताएका हुन्। राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उनले बताए।

वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उनले बताए।

मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समुद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने बताए। संविधानलाई समयानुकुल परिवर्तन गर्दै देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्व गर्नु नहुने उनको भनाइ छ।

उनले देशलाई समृद्ध बनाउनको निम्ति सबैको इमान्दार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ पुस २०७८ १३:०५ सोमबार