राजनीति

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजकत्वमा केही बेरअघि सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन्।

बैठकमा संसदमा जारी गतिरोध र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए। पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्ने कार्यक्रम रहेको जानकारी पनि दिए।

प्रकाशित: ४ पुस २०७८ १०:३० आइतबार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा