राजनीति

छ महिनाभित्र राप्रपालाई शक्तिशाली बनाउँछुः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गरेका छन्। झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे।

कुर्सीमा बस्ने लोभ र महत्वाकांक्षाले नभएर मुलुकमा परिवर्तन ल्याउने हिम्मत बोकेर पार्टीको अध्यक्ष बनेको बताउँदै उनले राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धि हुन्छ त्यही मार्ग लिने बताए। राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उनी पहिलोपटक गृह जिल्लामा आएर कार्यकर्तालाई सम्बोधन गरे।  

उनले विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कसले कसलाई भोट दिएको भनेर आफूबाट कसैप्रति पनि पूर्वाग्रह नराख्ने बताए।  

कार्यक्रममा उनीलगायत केन्द्रीय कार्य समिति सदय र प्रदेश अध्यक्षसहित प्रदेश कार्य समितिमा निर्वाचित झापाका नेतालाई सम्मान गरिएको थियो।

प्रकाशित: ३ पुस २०७८ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App