राजनीति

प्रचण्डद्वारा क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।  

अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे ध्यानाकर्षण गराएका हुन्। 

भेटका अवसरमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

प्रकाशित: २ पुस २०७८ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App