राजनीति

परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्छुः पौडेल

नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले निर्वाचन परिणामसंगै नेपाली कांगेसमा पुस्तान्तरण भएको भन्दै बैचारिक रुपान्तरणका लागि विजयी पदाधिकारीहरुले नेतृत्व लिने विश्वास आफूले लिएको बताए।

उनले निर्वाचन परिणामले पुरानो र नयाँ नेतृत्वहरुको समिश्रण पार्टीभित्र श्रृजना गराएको देखिएको भन्दै निर्वाचनपछि पार्टीभित्र आम एकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरे।

प्रकाशित: १ पुस २०७८ १३:०१ बिहीबार

नेपाली काँग्रेस