राजनीति

रक्षामन्त्रीमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्नः रिजाल

रक्षामन्त्री मिनेन्द्र प्रसाद रिजालले पदबाट राजीनामा दिनुको कारण खुलाएका छन्। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाउँदै त्यसको कारण खुलाएका हुन्।

उनले पत्रमा ‘नेपाली काँग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ। यस कुरालाई हृदयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न’, भनेका छन्।

उनले रक्षामन्त्रीको जिम्मेवारीमा रही सेवा गर्ने अवसर दिएकोमा धन्यवाद समेत दिए। यस्तो छ पत्र :

प्रकाशित: १ पुस २०७८ १०:३७ बिहीबार

रक्षामन्त्री मिनेन्द्रप्रसाद रिजाल