राजनीति

प्रदेश अध्यक्षमा केसी

नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध भएकी छन्। प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न माओवादी केन्द्रको प्रदेश सम्मेलनले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको हो।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी केसी २०४६ सालदेखि राजनीतिमा आवद्ध छिन्। पूर्व संविधानसभा सदस्यसमेत रहेकी केही सशस्त्र द्वन्द्वका बेला दुई पटक हिरासत बसेकी थिइन्।

केसी रूकुम पश्चिमबाट समानुपातिक सांसद हुन्। बाँकी पदाधिकारीमा भने अझै टुंगो लाग्न बाँकी छ। मंगलबार मात्रै सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो।

प्रकाशित: २९ मंसिर २०७८ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App