राजनीति

एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढे, काँग्रेस अधिवेशनमा स्वयं प्रधानमन्त्री रातभर बसेः थापा

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले ओलीबेशन र अधिवेशनको फरक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले दिएको बताएका छन्। 

महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आयोजना गरेको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै नेता थापाले ओलीबेशन र अधिवेशनको फरक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले दिएको बताए।

उनले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर काँग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताए। नेता थापाले सभापति देउवाले अब नेपाली काँग्रेस पार्टीलाई गुटरहीत बनाएर सही दिशा दिनुपर्ने बताए।

नेता थापाले अब पार्टीका नेताहरु सबैको सभापति शेरबहादुर देउवा भएको बताउँदै पार्टीमा आफ्नो सम्बन्ध संघर्ष र सहकार्यको हुने बताए। उनले पार्टी सभापतिको कुनै गुट नहुने भन्दै नवनिर्वाचित सभापति देउवालाई सोही अनुसार अघि बढन आग्रह गरे।

प्रकाशित: २९ मंसिर २०७८ १२:५९ बुधबार

नेपाली कांग्रेस