राजनीति

मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने

कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो।

कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ।

मतदान सकिएसँगै प्राविधिक विषय मिलाएपछि मतगणना आजै सुरु गर्ने तयारी छ। यसअघि निर्वाचन समितिले १० बजेपछि मतगणना थाल्ने जनाएको थियो। तर मतदान ढिला गरि सकिएकाले गणना सुरु गर्न केही ढिलाइ हुने देखिएको छ।

मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दाबी गरे।

प्रकाशित: २८ मंसिर २०७८ १६:२२ मंगलबार

कांग्रेसमा सभापति कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा शेखर कोइराला