राजनीति

कांग्रेस महाधिवेशन : ४ हजार ५६३ मत खसेको प्रारम्भिक हिसाब

कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो। 

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो।कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ।

प्रकाशित: २८ मंसिर २०७८ १६:०९ मंगलबार

कांग्रेस सभापति चयन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह