राजनीति

प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित

प्रतिनिधिसभाको अर्को बैठक एक हप्ताका लागि स्थगित भएको छ।  

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन्।मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसदको यो अधिवेशनमा पनि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको थियो । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार सुरु भएको अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए।

प्रकाशित: २८ मंसिर २०७८ ०९:३१ मंगलबार

प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित