राजनीति

हालकाे नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु पर्‍याे: सिंह

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन्। 

उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताए।

सभापतिका उम्मेदवार सिंहले भने, ‘साँचै भनौँ भने यो १४औँ महाधिवेशन बहुदलिय व्यवस्थाको पुनर्बहाली पछि २०४८ सालदेखि महाधिवेशनको अनुभव गरेका छौँ।' 

'यसपटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका कार्यहरु गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो। नियमहरुमा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ।’

नेपाली काँग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ। आज (सोमबर) पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ। पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा छन्।

प्रकाशित: २७ मंसिर २०७८ ०९:३४ सोमबार

हालकाे नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु पर्‍याे