नेकपा (एमाले)ले सातवटै प्रदेशका प्रदेश अध्यक्ष चयन गरेको छ। एमालेको भक्तपुरमा जारी बैठकले सातवटै प्रदेशको प्रदेश अध्यक्ष चयन गरेको हो।
प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ।
उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ।
प्रकाशित: २६ मंसिर २०७८ ११:३१ आइतबार