राजनीति

काँग्रेस महाधिवेशन: सभापति, उपसभापति र महामन्त्रीका लागि ६/६ जनाको उम्मेदवारी

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। यसैगरी उपसभापति र महामन्त्रीमा पनि ६÷६ जनाकै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

समितिकका अनुसार सभापतिमा कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ।

यस्तै उपसभापतिमा महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्ण बहादुर खड्का र दिवेश्वरी शाहको उम्मेदवारी परेको छ।

महामन्त्रीमा क्रमशः विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।

यस्तै सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मी, देपराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादु शाही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदम्बे, चेतराज बजाल, शेख वकिल र उमाकान्त चौधरी र डिना उपाध्यायको उम्मेदवारी परेको छ।

सदस्यहरुमा भने थारुतर्फ १४ जना, मधेशीतर्फ ३२ जना, आदिबासी जनजातितर्फ ८७ जना, खसआर्यतर्फ ९३ जना, दलिततर्फ ३९ जना, महिलातर्फ ३१ जना, पिछडिएको क्षेत्रतर्फ २ जना, अपांगतर्फ १६ जनाको उम्मेदवारी परेको छ।

सदस्यहरुमै अल्पसंख्यकतर्फ ६, मुश्लिम तर्फ १६ जनाको उम्मेदवारी परेको निर्वाचन मण्डलले जनाएको छ।

यस्तै प्रदेश तर्फ प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५, बागमति प्रदेशमा ५, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा १२ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित: २५ मंसिर २०७८ १२:०८ शनिबार

नेपाली कांग्रेस