राजनीति

राठौरलाई उम्मेदवार बनाउन संस्थापन निकट बाँके र बर्दियाका नेता कार्यकर्ताको दवाव

दवाव दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता कार्यकर्ता।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेता किशोरसिंह राठौरलाई सह-महामन्त्री पदमा उम्मेदवार बनाउन संस्थापन (देउवा)पक्ष निकट बाँके र बर्दियाका नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिएका छन्।

बालुवाटारस्थित नेपाल हाउसमा बिहान बैठक गरेका राठौर निकट नेता कार्यकर्ताले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ठूलो संख्यामा उनको सरकारी निवासमा पुगेका छन्। काँग्रेस केन्द्रीय सदस्य राठौरले केही दिन अघि सह-महामन्त्री(खस आर्य)मा घोषणा गरेका थिए।

राठौरले प्रचार प्रसार तीव्र पारेका बेलामा संस्थापनले उनलाई आफ्नो टिमको उम्मेदवार बनाउन आनाकानी गरेपछि दवाव दिन नेता, कार्यकर्ता देउवालाई दवाव दिन बालुवाटार पुगेका हुन्।

बर्दिया निवासी राठौंर नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष पनि हुन्। उनी हाल पार्टीको तर्फबाट प्रतिनिधि सभाका समानुपातिक सांसद पनि हुन्। संस्थापन (देउवा) पक्षका प्रभावशाली नेता मानिने राठौंरले आफूलाई संस्थापन पक्षले अन्याय गर्न खोजेको बताएका छन्।

बैठकमा राठौरले आफूभन्दा जुनियरलाई महामन्त्रीको उम्मेदवार बनाइरहदा सह-महामन्त्री पदमा पनि आफूलाई उम्मेदवार बनाउन नचाहनु घोर अन्याय भएको बताए। उनले भने, 'म माथि ठूलो अन्यायमा हुँदैछ, तपाईहरु मलाई सल्लाह दिनुस्, म के गरौ?' बैंठकमा सहभागी बाँके र बर्दियाका नेता कार्यकर्ताले कुनैपनि हालतमा नछाड्न सुझाव दिएका थिए।

सो बैठकले प्रधानमन्त्री निवासमै पुगेर देउवालाई दवाव दिनुपर्ने निश्कर्स निकालेको थियो।

प्रकाशित: २५ मंसिर २०७८ ०८:१३ शनिबार

नेपाली काँग्रेसको १४ औं महाधिवेशन