राजनीति

सरकार, सरकारजस्तो छैन, संसद, संसदजस्तो छैन: लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाट बाहिर गएको बताएका छन्।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सफलताको कामना गर्दै अहिले देशको अवस्था बिग्रिएको बताउँदै सोही कारण जनतामा वितृष्णा फैलिएको बताएका हुन्।

‘सरकार, सरकारजस्तो छैन, संसद, संसद जस्तो छैन, अदालत, अदालत जस्तो छैन। त्यो सबलाई ठीक गर्ने राजनीति हो, तर राजनीति नै ठीक छैन, नेता ठीक छैन’, उनले भने, ‘ नेताले पूर्ण रुपमा विश्वास गुमाइसकेको छ। नेता आउँदै हुनुहुन्छ भनेर नभनी कुन चाहिँ चोर आउँदैछ भन्ने सम्झन्छन्।’  

सो अवसरमा उनले नेतृत्वका विरुद्ध लागेका दाग मेट्ने नेतृत्व चयन गर्नु जरुरी रहेकोमा जोड दिए।

प्रकाशित: २४ मंसिर २०७८ १०:०३ शुक्रबार

राप्रपा