राजनीति

देउवाले पद र शक्तिको दुरूपयोग गरेको अमरेशको आरोप

नेपाली कांग्रेसका नेता तथा सर्लाही–४ का सांसद अमरेशकुमार सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पद र शक्तिको दुरूपयोग गर्दै विधानविपरीत सदस्यमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन्।

महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा आइतबार सिंहले विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन देउवाले पार्टी र सरकारको पदको दुरूपयोग गरेको आरोप लगाएका हुन्।

निष्पक्ष अधिवेशनको माग गर्दै सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल खडा गरी पार्टी र सरकारको पदको दुरूपयोग गरी विधि–विधान, निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया अबलम्बन नगरी स्वेच्छाचारी, अलोकतान्त्रिक र विभेदकारी पद्धति बाट अधिवेशन गराउन खोज्नु भएकोप्रति आपत्ति छ।’

पार्टी क्रियाशील सदस्यता लिनका लागि फारम भर्नेदेखि नै विभिन्न प्रकारका जालझेल गरेको आरोप लगाउँदै उनले वडा समितिबाट पेश गरेको नामावलीको सट्टामा अरूको नाम पठाएको आरोप लगाएका छन्।

प्रकाशित: २० मंसिर २०७८ ०३:११ सोमबार

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा