राजनीति

सभापतिमा घिमिरे अगाडि

नेपाली कांग्रेस प्रदेश १ समितिको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ। शनिबार भएको निर्वाचनको जिल्ला पार्टी कार्यालय मोरङमा आइतबार दिउँसोदेखि मत गणना सुरू भएको हो।

प्रारम्भिक मत परिणाम अनुसार सभापतिका उम्मेदवार गुरुराज घिमिरे अगाडि देखिएका छन्। २ सय मत गणना हुँदा घिरिमेले १ सय ८ र थापाले ८३ मत प्राप्त गरेका छन्।

उपसभापतिमा  टंकप्रसाद राई ९७, रमेशजङ रायमाझी ८७, गोविन्द ढुंगानाले ८५ र  विश्वनाथ रिजालले ८२  मत ल्याएका छन्। महामन्त्रीमा उमेश थापा ८६, दिपेनकुमार श्रेष्ठ ८९,  भूपेन्द्र राईले ८८   र पदमसुन्दर पालुङ्वाले ८४ मत ल्याएका छन्।  सह महामन्त्री महिला तर्फ  प्रमिला गच्छदारले ८७  र सीता कार्कीले ९५  मत ल्याएकी छिन्। सह महामन्त्री खुलातर्फ खड्ग फागोले ११९, विनोदकुमार बस्नेतले ८२,रोहितकुमार साहले ७१, वीरकाजी राई ८४ र शुभचन्द्र राईले ७ मत ल्याएको नेपाली कांग्रेस मोरङका नेता राजु मास्केले जानकारी दिए।

प्रकाशित: १९ मंसिर २०७८ १२:१० आइतबार

नेपाली कांग्रेस