राजनीति

कांग्रेस सुदूरपश्चिम प्रदेश निर्वाचनः १ हजार ३ जनाले गरे मतदान

मतदान गर्न लाइनमा बसेका मतदाता। तस्बिरः पुष्पराज/नागरिक

शनिबार भएको नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा एक हजार ३ जनाले मतदान गरेका छन्। निर्वाचनमा सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रदेश प्रतिनिधि, क्षेत्रीय सभापति, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि र शुभेच्छुक संघसंस्थाका प्रतिनिधिलगायतका मतदाताले निर्वाचनमा मतदान गरेका हुन्।

कूल १ हजार २६ मतदाता रहेको सुदूरपश्चिममा १ हजार ३ जनाले मतदान गरेको मतदान अधिकृत वीरबहादुर जेठाराले बताए। उनले भने,‘बिहान ९ बजेदेखि सुरु भएको मतदान ४ः२० बजेसम्म मतदान भएको थियो।’ ३ बजेभित्र मतदानस्थलभित्र प्रवेश गरिसक्नुपर्ने नियमानुसार मतदाता लाइन लागेर ४ः२० बजेसम्म मतदान गरेको उनले बताए। राति ९ बजेदेखि पार्टी कार्यालयमा मतगणना हुने बताइएको छ।

कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा सहमति जुट्न नसकेपछि शुक्रबार दिउँसो २ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु गरिएको थियो। निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान गरिने बताइएको थियो। मतदान प्रक्रियामा पूर्व मन्त्री वीरबहादुर बलायर र कैलालीका पूर्व जिल्ला विकास समितिका सपभाति नारायणदत्त मिश्र गएका थिए।

संस्थापन पक्ष (देउवा)का तर्फबाट बलायर र पौडेल/कोइराला पक्षका तर्फबाट मिश्र चुनावी मैदानमा उत्रिएका थिए।

प्रकाशित: १८ मंसिर २०७८ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App